अन्तरराष्ट्रिय श्रम संगठनको महासन्धी नं. १६९ को कार्यन्यन गरी आदिवासी जनजातिहरुको अधिकारलाई सुरक्षित पारौं ।         
                                                                                   Mixed Mode | नेपाली | English
Home News & Events Views & Analysis Climate Change Features Notices Documents Publications Photo Gallery Videos Audios
 
Climate Change
Share |
जलवायु परिवर्तनमा आदिवासीहरुको सरोकार
Author: खिम घले

डेनमार्कको कोपनहेगनमा हुन गइरहेको जलवायु परिवर्तन सम्बन्धी विश्व शिखर सम्मेलन नजिकिंदै गर्दा यसका असर र परिणाम बारेको चर्चा परिचर्चा पनि बढ्दै गएको छ । स्वभाविकै रुपले नेपाल जस्तो मुलुकको लागि उक्त शिखर सम्मेलन ज्यादै महत्वपूर्ण छ । सम्मेलनमा आफुले नगरेको गल्तीको परिणाम भोग्न बाध्य नेपाल जस्ता अतिकम विकसित मुलुकहरुले धनी मुलुकहरुबाट क्षतीपूर्ती भराउने सम्बन्धमा अभियान चलाउने छ ।

 
यद्यपी यसको फाइदा कस्ले पाउछ भन्ने सम्बन्धमा भने अझै भन्न सकिने अबस्था छैन । अतिकम विकसित मुलुकहरुको समुह, ७७ मुलुक र चीन तथा अतिजोखिममा रहेका नेपाल जस्तै मुलुकहरुले एक ढिक्क भएर कस्तो किसिमको भूमिका शिखर सम्मेलनमा खेल्न सक्छन् हातमा पर्ने परिणाम पनि त्यसैमा निर्भर हुनेछ । एक हिसावले कोपेनहगन शिखर सम्मेलन धनी र गरिव, बिकसित र अल्पविकसित मुलुकहरु बीचको हरित गृह उत्सर्जनको विषयलाई लिएर हुने लेनदेन र मोलमोलाई हो भन्दा अत्युक्ति नहोला ।
यि त भए अन्तरराष्ट्रिय सन्दर्भका कुरा । राज्यहरुबीचको खिचातानी र लेनदेनको कुरा तर, यही कुरा पत्रैपत्रमा जेलिएको राष्ट्रिय मुद्दा पनि बन्न थालेको छ । मौसम परिवर्तन र त्यसका परिणामको मारमा आदिवासी जनजातिहरु सबैभन्दा बढि परेका छन् । कार्वन डाइअक्साइडको कटौतीमा सबैभन्दा बढि योगदान आदिवासी जनजातिहरुकै गतिविधिले भइरहेको छभने उनीहरु नै कार्वन डाइअक्साइडको उत्सर्जनमा भएको बृद्धि तथा अन्य हरितगृह ग्यासको बढोत्तरीबाट निम्तिएका परिणामहरुको शिकार भएका छन्
 
अरु Climate Change
 
 
         
 
© ANIJ
Anamnagar , Kathmandu , Nepal
Phone: 977 1 4256569 , Email: info@janajati.com