 |
|
 |
हालै संविधानसभाको राज्य पुर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले तयार पारेको संविधानको विषयगत प्रारम्भीक मस्यौदाप्रति असहमति जनाउँदै तराई-मधेसलाई एक प्रदेश बनाइनु पर्ने माग गर्दै दुवै पक्ष संघर्षका लागि भनेर एक भएका हुन् । तर, थारुको सामुदायिक संस्था थारु कल्याणकारिणी सभाले भने त्यसको विरोध गरेको छ । सभाका महासचिव राजकुमार लेखीले लक्ष्मणले थारु आन्दोलनमा गद्दारी गरेको उल्लेख गर्दै भनेका छन् । 'हामी थारुलाई गर्न लागिएको मधेसीकरणको बिरुद्ध संघर्ष जारी राख्छौं' उनले भनेका छन्, 'हामी तराईमा बहुप्रदेश चाहन्छौं ।' थारुहट र फोरमले पूर्वमा झापादेखि पश्चिम कंचनपुरसम्म तथा उत्तर चुरे श्रृखंलादेखि दक्षिणमा भारतीय सीमासम्मको भूभागलाई आत्मनिर्णयको अधिकार सहित स्वायत्त प्रदेश बनाइनुपर्नेमा आफुहरु सहमत भएको उल्लेख गरेको छ । मधेश र थारु आन्दोलनको भावनालाई कदर गर्दै प्रदेशको नाम पछि तय गर्ने पनि उनीहरुले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । आन्दोलनका लागि भनेेर उनीहरुले पाँच बँुदे सहमति गरेका छन् । यसअघि थरुहटले फोरमको एक मधेश एक प्रदेशको माग विरुद्ध संघर्ष गर्दै आएको थियो । आफूलाई मधेशी भनिएकोमा आपत्ति जनाउँदै आएका उनीहरु थरुहट प्रदेश हुनुपर्ने माग गर्दै आएका थिए । फोरमका अध्यक्ष उपेन्द्र यादवले अब नामको पछाडि नलागी प्रादेशिक स्वायत्तता प्राप्त गर्ने लक्ष्य लिएर एक भएको बताए । 'फुटाएर राज्य गर्ने प्रवृतिको बिरोधमा हामी एक भएका हौं,' उनले भने- 'अव नाम महत्वपूर्ण होइन, एक मधेस एक प्रदेश महत्वपूर्ण हो ।' लक्ष्मण थारुले प्रमुख तीन दलहरु माओवादी, काँग्रेस र एमालेको एकात्मक रवैयाका विरुद्ध आफूहरु एक भएको बताए । 'हामीलाई फुटाएर राज गर्ने ठूला पार्टी अहिले आश्चर्य चकित भएका छन्' उनले भने, 'मेची महाकाली टुक्रयाउने खेलमा हामी सहमत छैनौं ।' संविधानसभाको समितिले तराईमा दुई राज्य रहेको १४ प्रान्त रहेको नयाँ राज्य संरचनाको प्रस्ताव गरेको छ । त्यसमध्ये ११ वटा राज्य आदिवासी जनजातिको पहिचानका आधारमा निर्माण गरिएका छन् । उक्त प्रस्तावसहितको संविधानको मस्यौदा बुधबार संविधानसभाको पूर्ण बैठकमा प्रस्तुत गरिएको थियो । माघ १७ गतेदेखि २१ गतेसम्म छलफलको मिति तोकिएको छ ।
|
|