 |
|
 |
'यो देश नेपाल सबैको साझा हो', जाति, भाषा, संस्कृति, धार्मिक विविधताको उल्लेख गदै उहाँले भन्नुभयो- 'हाम्रो विविधतामा एकता खोजिनुपर्छ ।' आइतबार शितलनिवासस्थित आफ्नै कार्यालयमा ज्ञापनपत्र बुझ्र्दै राष्ट्रपतिले प्रतिक्रिया दिनु भएको हो । त्यस अवसरमा राष्ट्रपति यादवले सबै जातिको पहिचान, अस्तित्वलाई बचाउँदै मुलुकलाई वैज्ञानिक ढंगले राज्यको पुनःसंरचना हुनुपर्नेमा जोडदिनु भएको छ । अबको मुलुक समावेशी, समानुपातिक बनाउन सरकार र संविधानसभाको ध्यानाकर्षण गराउने राष्ट्रपति यादवको भनाइ उधृतगर्दै संयोजक काइँलाले बताउनु भएको छ । इतिहासमा उल्लेखित पहिलो किरात राजा यलम्बर हाङको स्मृतिमा 'किरात येले संवत्' समुदायमा प्रचलनमा रहेको छ । अहिले किरात येले संवत् ५०७० मानिआएका छन् । काइँलाले यो संवत् आधिकारिकताका निम्ति विज्ञहरूमाझ अनुसन्धानको काम भइरहेकोसमेत जनाउनु भएको छ । टोलीमा किरात येले संवत् अध्ययन समन्वय समिति, किरात समन्यव समिति, किरात सुनुवार सेवा समाज, किरात याक्खा छुम्मा, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाका प्रतिनिधि संलग्न थिए ।
|
|